बलिउड यतिबेला परिवारवादको मुद्दा चर्किएको छ । नायक सुशान्त सिंह राजपुतको निधनपश्चात दर्शकहरुले बलिउडकर्मीका सन्तानलाई निशाना बनाएका छन् । सामाजिक संजालमा ट्रोल हुन थालेपछि केही कलाकारले एकाउन्ड डिएक्टिवेट गर्न थालेका छन् । नायिका सोनाक्षी सिन्हाले आफ्नो ट्विटर एकाउन्ट डिएक्टिवेट गरेकी छिन् ।
नकारात्मक कुरा अत्याधिक मात्रामा आउन थालेपछि उनले ट्विटर छाड्ने निर्णय गरेकी हुन् । उनले लेखेकी छिन्–‘बस्तीमा आगो लाग्दैछ, म आफ्नै मस्तीमा छु ।’ उनले, नेगेटिभिटीबाट टाढा रहन आवश्यक रहेको बताएकी छिन् । उनले यो कुरा ट्विटरबाहेक अन्य कतै पनि नभएकाले पनि आफूले यो संजाल छाडेको लेखेकी हुन् ।
अहिले बलिउडकर्मीका सन्तानलाई ट्रोल मात्र गरिएको छैन, उनीहरुलाई अनफलो गर्ने क्रम पनि बढेको छ ।
Discussion about this post