बझाङ असार ८ गते ।
बझाङमा क्वारेन्टाइनमा बसेका १ पुरुषले आत्महत्या गरेका छन् । जिल्लाको छबिसपाथिभेरा गाउँपालिका-७ मजखोरी माविमा बनाइएको क्वारेन्टाइनमा बसेका सोही वडाकाे बुडखोरीका ३० वर्षीय १ युवकले आत्महत्या गरेका हुन् ।
तिन दिन अघि मात्र भारतको बैंग्लोरबाट पुगेर क्वारेन्टाइनमा बसेका उनले गएराति झुण्डिएर आत्महत्या गरेका वडा नम्बर ७ का अध्यक्ष पदम मण्डेलले जानकारी दिए । ६ गतेदेखि उनी क्वारेन्टाइनमा बसिरहेका थिए । एकासी आइतबार राति झुण्डिएर आत्महत्या गरेको अवस्थामा भेटिए’, उनले भने ।
वडाध्यक्ष मण्डेलका अनुसार पीसीआर परीक्षणका लागि उनको स्वाब संकलन गर्न सदरमुकामबाट स्वास्थ्यकर्मीको टोली घटनास्थालमा पुगेको थियो । आत्महत्या गरेका युवकको आरडीटीसमेत गर्न बाँकी थियाे । ति युवक बसेको क्वारेन्टाइनमा अहिले ४ जना रहेका छन् । उनीहरू फरकफरक मितिमा आएकाले अलग्गै कोठामा राखिएको छ ।
Discussion about this post