दाङ असार ८ गते ।
दाङमा जंगली च्याउ खाँदा ५ जना बिरामी परेका छन् । जंगलबाट ल्याएको च्याउ खाँदा तुलसीपुर उपमहानगरपालिका-८ गहतेखोला निवासी ६९ वर्षीय सत्य पुन, उनकी श्रीमती ६१ वर्षीया मैती, छोरी तुलसीपुर –५ निवासी भोला तथा नाति १५ वर्षीय ललित र ११ वर्षीय विशाल बिरामी परेको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका सूचना अधिकारी डिल्ली केसीले जानकारी दिए ।
उनीहरुले आइतबार बेलुका जंगलबाट ल्याएको च्याउ खाएका थिए । बिरामी परेकामध्ये मैतीको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।
Discussion about this post