सुर्खेत असार ९ गते ।
सुर्खेतमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको आज मृत्यु भएको छ ।कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच पुगेको छ भने नेपालमा २४ पुगेको छ ।
यसअघि सुर्खेतमा दुईजना, डोल्पा र दैलेखमा एक एकजनाको मृत्यु भइसकेको छ। वीरेन्द्रनगरको कालागाउँस्थित प्रदेश अस्पतालको आईसीयूमा उपचारत दैलेख दुल्लु नगरपालिका ३ का ४५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका कोरोना फोकल पर्सन डाक्टर केएन पौडेलले जानकारी दिनुभयो ।
ती पुरुष कोरोना संक्रमण पुष्टि भएपछि असार ४ गते प्रदेश अस्पतालमा अस्पतालमा भर्ना भएका थिए ।
Discussion about this post