बाँके असार ९ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिका १ अगैया नजिक कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक गम्भिर घाइते भएका छन् ।
दिउँसो सवा १ बजे दुर्घटना हुँदा चालक भरतपुर महानगरपालिका १२ चितवनका कमलराज लम्सालको मृत्यु भएको जिल्ला ट्राफिक कार्यालय बाँके कोहलपुरले जनाएको छ ।कार राप्तीसोनारी १ को गाभर भन्दा दुई किलोमिटर पश्चिममा दुर्घटना भएको थियो ।
तिव्र गतीमा रहेको कार अनियन्त्रीत भएर दुर्घटना भएको हो । कारमा सवार अन्य एक व्यक्ति भने गम्भिर घाइते भएका छन् ।
Discussion about this post