बाँके असार ९ गते ।
बाँकेको अगौया नजिकै आज भएको कार दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । राप्तीसोनारी गाँउपालिका १ अगैयामा मंगलबार दिउँसो पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको बा१४च२७८९ नम्बरको कार अनियन्त्रित भई सडक किनारको रुखमा ठोक्कीएर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा कार चालक भरतपुर महानगरपालिका १२ चितवनका ४१ वर्षिय कमलराज लम्साल र पुर्वि नवलपरासी कावासोती ८ का क्षितीजराज कुँवरको मृत्यु भएको हो । कुँवरलाई कोहलपुरमा उपचार सम्भव नभएपछि थप उपचारकालागि भेरी अस्पताल नेपालगन्ज ल्याइएको थियो । उनको भेरी अस्पतलमै उपचारका क्रममा ज्यान गएको प्रहरीले जनाएको छ।
Discussion about this post