गण्डकी असार १३ गते ।
गण्डकी प्रदेशमा आज थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश क्षयरोग केन्द्र, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा गण्डकीका ३ जिल्लामा कोरोना पुष्टि भएको हो ।
त्यसमा १२ महिने शिशु समेत रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले जानकारी दिनुभयो । आज कोरोना पुष्टि हुनेमा स्याङ्जाका २२, बागलुङमा ८ जना र नवलपुरमा २ जनामा कोरोना भाईरस पुष्टि भएको डा। शर्माले जानकारी दिनुभयो ।
Discussion about this post