खोजखबर संवाददाता
बाँके भदौ ४ गते । नेपालगन्जको न्युरोडस्थित भानुभक्त चोक नजिकैको एक पसलमा बुधवार बेलुकी आगलागी भएको छ ।
कर्णाली वस्त्र भण्डारमा बेलुकी आठ वजे आगलागी भएको थियो । विद्युत्तिय तार सट भएर आगलागी भएको स्थानीयले बताएका छन् । आगलागी भएको केही मिनेटमा नै दमकल घट्नास्थलमा पुगेपछि उक्त आगो नियन्त्रणमा लिदाँ ठुलो क्षतिहुनबाट जोगिएका छ ।
दमकल समयमा पुगेकोले क्षति जोगिएको जनाउँदै स्थानीयले यसरी नै सबै ठाउँमा समयमा दमकल पुग्ने हो भने ठुलो क्षति नहुने प्रतिक्रिया दिएका छन् ।
पछिल्लो समयमा आएर नेपालगन्जमा पसलहरुमा आगलागिक घट्नाहरु बढ्दै गएका छन् ।
Discussion about this post