खोजखबर संवाददाता बाँके असार ८ गते । नेपालगन्ज उपमहानगरपालिका वडा नं १० को वडा भेला आज सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०७६। ०७७ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि भेला आयोजना गरिएको थियो । भेला नेपालगन्ज गणेशमान चाेककाे हाेटेल ईन्देनीमा संचालन गरिएको थियो । भेलामा बोल्दै नेपालगन्ज उपमहानगरपालिका वडा नं १० का अध्यक्ष विन्दु भूषण बस्नेतले विकास समय अनुसार परिवर्तन हुने भन्दै स्थानिय सरकारको क्षमता अनुसार योजनाका काम सम्पन्न गर्ने बताउनुभएको छ। उहाँले आर्थिक वर्ष २०७५।७६मा सम्पन्न भएका कामको बारेमा समेत जानकारी दिनुभएको थियो । आर्थिक वर्ष २०७६। ०७७ को लागि प्रस्तावित कार्य योजना संकलनका लागि वडा भित्रका टोल विकास संस्था , विद्यालय , वन तथा विभिन्न संघ संस्थाहरुले आफ्नो योजना लिखित तथा मौखिक रुपमा पेश गरेका थिए । बिशेष गरेर सडक निर्माण , महिला तथा बालबालिकाका लागि कार्यक्रम , नाला व्यवस्थापन, छाडा चाैपाया व्यवस्थापन आदि विषयमा वजेट माग गरिएको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १०मा 1 कराेड 26 लाख बजेट छुट्टयाइएको छ। कार्यक्रममा संविधानसभा सदस्य मैकुलाल वाल्मीकि,वडा सदस्यहरू, बाल अधिकारकर्मी, समाजसेवी, पत्रकार लगाएतकाे सहभमगिता रहेकाे थियाे ।
Discussion about this post