बाँके असार १६ गते ।
नेपालमा अहिले अरब सागर र बंगालको खाडीबाट आएको मनसुनी वायु सक्रिय रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा मनसुनी वायु ९पश्चिमरदक्षिण–पश्चिम दिशाबाट बहेको० तथा अन्य प्रदेशमा मनसुनी वायु ९पूर्वी दिशाबाट बहेको० को प्रभाव रहेको मौसमविदले बताएका छन् ।
यस्तै नेपाल नजिकै रहेको मनसुन न्यून चापीय रेखाको पनि प्रभाव छ ।अहिले देशभर सामान्य बदली रही केही स्थानहरुमा वर्षा भइरहेको छ।मंगलबार दिउँसो देशका सबै प्रदेशमासामान्य बदली रही धेरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुनेछ ।प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।यस्तै राति पनि देशका सबै प्रदेशमा सामान्य बदली रही सबै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।
प्रदेश १, बागमती प्रदेश र प्रदेश ५ का थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।देशका विभिन्न नदीहरुमा पानीको बहाव बढ्ने, भू–क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसमविदले आग्रह गरेका छन् ।
Discussion about this post