बाँके असार १८ गते ।
लमही नगरपालिका वडा नम्बर ७ को वनघुस्री क्षेत्रको सडकलाई सौन्दर्यकरण गरिने भएको छ । सडक सौन्दर्य करणका लाग विभिन्न फूल जातका २ सय बढी बिरुवा लगाईने भएको छ । डिभिजन वन कार्यालय देउखुरीले लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीमा सडक सौन्दर्यकरणको लागि फूलजातका बिरुवा लगाउने भएको हो ।
प्रदेश वन मन्त्रालय मार्फत प्राप्त दश लाख रुपैयाको लागतमा अलवनडा, सेतो, पहेलो, करेटन, एक जोडा, रङबदल, निलकमल, टिकोमा प्रजाति, युनिस पास ग्रीन टिबुलिया, लगातयका मुल्ययवान फूलजातका बिरुवाहरु लगाईने र संरक्षणका लागि तारजालीको व्यवस्था गरिने डिभिजन वन कार्यालय देउखुरीका सहायक वन अधिकृत पुरन प्रसाद चौधरीले जानकारी दिए ।
सामान्य तया बजारको मुख्य क्षेत्र राजमार्गको बिचमा फूलहरु लगाई सडकको सौन्दर्यता बढाउने चलन हुन्छ तर लमही नगरपालिकाको मुख्य राजमार्ग लगायत अन्य बजारका सडकहरुमा सो व्यवस्था नभएका कारण पनि बजारमा तत्कालको लागि सौन्दर्यकरण गर्न उपयुक्त स्थान नपाईएको र लमही नगरपालिकासँगको सहमतिमा वनघुस्री होमस्टेसम्मका लागि सडक सुन्दरीकरण कार्यक्रम गरिने डिभिजन वन कार्यालय देउखुरीले जानकारी दिएको छ ।
Discussion about this post