फाइल फोटो
कानपुर असार १९ गते ।
भारतको उत्तरप्रदेशको कानपुरमा हतियारधारीको आक्रमणमा परी आठ प्रहरीको मृत्यु भएको छ।प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई पक्रन गएको प्रहरी टोलीमाथि गोली प्रहार हुँदा डीएसपी देवेन्द्र मिश्रासहित आठ जना प्रहरीको मृत्यु भएको भारतीय सञ्चार माध्यले जनाएका छन्।
विकास दुवेको समूहले प्रहरीलाई घेरा हालेर अन्धाधुन्द गोली प्रहार गरेको जनाइएको छ।आक्रमणकारीहरुले प्रहरीको हतियार समेत लुटेका छन्। घटनामा विकास दुवे समूहका तीनजना पनि मारिएका प्रहरीले जनाएको छ।
Discussion about this post