कञ्चनपुर असार २० गते ।
कञ्चनपुरमा एक प्रेम जोडी सँगै नहरमा हामफालेका छन् । भीमदत्त नगरपालिका–२ उल्टाखामका २३ वर्षीय राकेश चौधरी र २२ वर्षीया रेणु चौधरी सँगै नहरमा हाम फालेको प्रहरीले जनाएको छ ।
राकेश बेपत्ता भएका छन् । उनको खोजी जारी छ । रेणुलाई भने प्रहरीले उद्धार गरेको छ । उनको महाकाली अस्पतालमा उपचार जारी छ ।
घटनाबारे थप छानबिन भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका नायब उपरीक्षक (डिएसपी) अम्मर थापाले जानकारी दिएका छन् ।
Discussion about this post