बाँके असार २३ गते ।
बाँकेको राप्तीसोनारी गाउँपालिकामा खोलाबाट अवैध रुपमा उत्खनन् गरी गरिएका ५करोड मुल्यको ढुंगा र गिट्टी वालुवा वनभित्र अवैध रुपमा लुकाएर राखिएको भेटीएको छ ।
सुरक्षासमीतिको सयुक्त अनुगमनमा गएको बेलामा राप्तीसोनारी–२ स्थित मधुवा सामुदायिक वनभित्र ५करोड मूल्य बराबरको ढुंगा, गिट्टी र बालुवाका थुप्रा अहिले पनि रहेको छन् ।
उत्खननका लागि वनभित्रै जेसीवी (एस्काभेटर) समेत लुकाएर राखिएको फेला परेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन् ।
Discussion about this post