काठमाडौं असार २४ गते ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक आज पनि स्थगित भएको छ । आज बिहान ११ बजेका लागि तय भएको बैठक अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफललाई निरन्तरता दिन भन्दै स्थगित गरिएको हो ।
अध्यक्षद्वयबीच आज हुने भनिएको वार्ताको समय भने निश्चित भएको छैन । बिहीबारदेखि पटक पटक स्थगित हुँदै आएको बैठक अध्यक्षद्वयकै सल्लाहमा आजका लागि तय भएको थियो ।
असार २६ गते ११ बजे अर्को बैठक बस्नेगरी तबसम्मलाई स्थायी कमिटीको बैठक स्थगित गरिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी गराएका छन
Discussion about this post