बाँके असार २५ गते ।
बाँकेमा बिहीवार दुई जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको पिसिआर परीक्षणमा राप्तीसोनारी गाउँपालिका वडा नम्बर २ का २७ बर्षीय पुरुष र कोहलपुर नगरपालिका वडा नम्बर ६ का ३१ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
योसंगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ७२ पुगेको छ । ३ सय ४८ जना निको भएर घर फर्किँदा २ जनाको भने मृत्यु भएको जिल्ला स्वास्थ्य बाँकेले जनाएको छ ।
Discussion about this post