काठमाडौं असार २५ गते ।
जनता समाजवादी पार्टी (जसपा) औपचारिक रूपमा निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार जसपा दल दर्ता गर्ने निर्णय भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
संघीय संसदको तेस्रो र चौथो ठूलो दल समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी एकीकरण भएर जनता समाजवादी पार्टी बनेको हो ।
आयोगले प्रमाणपत्र लिन शुक्रबार बोलाएको पार्टीको एकजना नेताले बताउनुभयो ।
Discussion about this post