बाँके असार २७ गते ।
शुक्रबारसम्म एक हजार पाँच सय ८८ जना कोरोना संक्रमित पुष्टि भएको कर्णाली प्रदेशमा ३४ हजारभन्दा धेरै नागरिकको स्वाब संकलन भइसकेको छ। कोरोना संक्रमणको आशंकामा क्वारेन्टाइनमा रहेका तथा संक्रमणको लक्षण देखिएका ३४ हजार चार सय जनाको स्वाव संकलन भइसकेको छ।
जसमध्य २७ हजार पाँच सय ४४ जनाको परीक्षण भइसकेको हो भने अन्य स्वाब परीक्षणको क्रममा रहेका छन्।सुर्खेतमा २१ हजार ६ सय २९, जाजरकोटमा एक हजार नौ सय ७८, जुम्लामा चार सय ३५, मुगुमा नौ सय ४८, हुम्लामा एक हजार आठ सय ८३ र डोल्पामा आठ सय ५१ जनाको आरडिटी परिक्षण भइसकेको सामाजिक विकास मन्त्रालय सुर्खेतका सूचना अधिकारी सुनिल लिम्बुले जानकारी दिए ।
कर्णालीमा दुई सय ३५ जना कोरोना संक्रमित आइसोलेसनमै छन्। हालसम्म एक हजार तीन सय ५३ जना कोरोना संक्रमित उपचारबाट निको भई घर फर्किसकेका छन्।
Discussion about this post