बिकल रेग्मी
सुनसरी असार२८ गते ।
कोशी ब्यारेज पुलको आयू सकिएको हुँदा यतीबेला कोशी व्यारेजमा उच्च जोखिम बढेको छ । ५८ वर्ष अघि निर्माण भएको कोशी ब्यारेजको आयु सकिएको छ । नेपालको सुनसरी र सप्तरी जिल्लामा पर्ने यो ब्यारेज पूर्णतया भारतको नियन्त्रणमा छ । भारततर्फ पानी लगिएको च्यानलको नियमित सरसफाइ गरिन्छ । तर, यो ब्यारेजको जिर्णोद्धार र सफाइमा भने खासै वास्ता गरिदैन । हाल ब्यारेजका विभिन्न ढोका छेउमा बर, पिपिल र अन्य रूखविरूवा र झारपात उम्रिएका छन् ।
यि झारले ब्यारेज कमजोर बनाइरहँदा पनि जिम्मेवार पक्षले ध्यान दिएको छैन । सप्तकोशी ब्यारेज पुल भारतको कोलकतास्थित जोसेफ एण्ड जोसेफ कम्पनी लिमिटेडले १० बर्ष लगाएर सन् १९६२ मा निर्माण सम्पन्न गरेको हो । ५० बर्ष तोकिएको पुलको आयु सकिएको केही बर्ष वितिसकेको छ । कोसी ब्यारेजको रेखदेखसँगै मर्मत सहितका सम्पुर्ण जिम्मेवारी भारत सरकारको भएपनि कोशी पुलको मर्मतमा चासो नदिएको नेकपा (क्रान्तीकारी माओवादी) निकट प्राक्रीतिक स्रोतसाधन तथा जलस्रोत विभिागका केन्द्रीय सदस्य गणेस कट्वालको आरोप छ ।
सप्तकोशी नदीमा बग्ने पानी नेपालको भएपनी नियनयन्त्र भने भारतीय पक्षले गर्दै आएका छन । भारतीय पक्ष सँग सप्तकोशीको ढोका खोल्न नेपालले बारम्बार अनुरोध गर्नुपर्ने बाध्यता छ । सप्तरी र सुनसरी जिल्लाको प्रमुख जिल्ला अधिकारी ले भारतीय पक्षसँग छलपल गरी पानीको वहाव हेरेर ढोको खोल्ने सहमती भएको जिल्ला प्रशासन कार्यालय सुनसरीका निमित्त प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिएका छन ।
सन् १९६४ देखि पूर्ण रुपमा सुरु भएको कोसी ब्यारेज पुलमा सुनसरीतर्फ २८ र सप्तरीतर्फ २८ गरी कुल ५६ वटा ढोका छन् । नौ लाख ५० हजार क्यूसेक पानीको बहाब धान्न सक्ने क्षमता भएपनि पछिल्लो समय नदिको सतहमा बालुका थुप्रिएका तीन लाख भन्दा बढी पानीको बहाब खतरा हुने प्राविधिकहरुले बताएका छन् ।
वि.स. २०६५ साल भदौ २ गते सप्तकोशी नदिले पुर्वी तटबन्ध भत्काउदा समेत पूर्व पश्चिम राजमार्ग लामो समय अवरुद्ध भएको थियो । कोशी पुलमै असर गरे अवस्था अझ भयावह हुनसक्छ । त्यसैले नेपाल सरकारले पुलको जोखिमप्रति गम्भीर बन्दै भारतलाई समयमै जिम्मेवार बनाएर पुलको प्राविधिक जाँच र मर्मत संभारमा ध्यान दिन आवश्यक देखिएको छ ।
Discussion about this post