तनहुँ असार २९ गते ।
तनहुँको म्याग्दे गाउँपालिका र व्यास नगरपालिकामा पहिरोले पुरिएर दुई जनाको ज्यान गएको छ । अविरल वर्षासँगै आएको पहिरोमा पुरिएर उनीहरुको मृत्यु भएको हो ।
त्यस्तै ऋषिङ गाउँपालिकामा पहिरोले पुरिएर पाँच जना बेपत्ता भएका छन् । म्याग्दे गाउँपालिका–६ बेलौतेडाँडामा घरमाथिबाट आएको पहिरोले घर भत्किँदा १७ वर्षीय लक्ष्मी विकको मृत्यु भएको छ ।
यसैगरी व्यास नगरपालिका–७ कलेस्तीमा पहिरोले पुरिएर एक जनाको मृत्यु भएको र उनको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै ऋषिङ गाउँपालिका–८ पल्ट्याङमा घर पुरिँदा एकै परिवारका पाँच जना बेपत्ता भएका छन् ।
Discussion about this post