बाँके साउन १ गते ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको नमुना परीक्षणमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय जनाको स्वाब परीक्षण गरिएकोमा बाँकेका २ तथा बर्दिया र सुर्खेतका एकएक जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ ।
नयाँ संक्रमितहरुमा नेपालगञ्ज उपमहानगरपालिका ६ का २८ वर्षीय पुरुष, बैजनाथ गाँउपालिका १ का ११ वर्षीय बालक, सुर्खेतको गुर्वाकोट ६ का ३० वर्षीय पुरुष र बर्दियाको ठाकुरबाबा ५ की ३० वर्षीया महिला रहेकी छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post