बर्दिया साउन २ गते ।
आईशोलेशन सेन्टरमा केही मात्र कोरोना संक्रमित उपचाररत छन् । स्वास्थ्य कार्यालय बर्दियाका अनुसार आईशोलेशनमा १३ जना मात्र रहेका छन् ।
घर फर्किनेहरूको संख्या धैरै भएकाले स्वास्थ्यकर्मीको निगरानीमा बस्नेहरूको संख्या कम भएको जनस्वास्थ्य निरीक्षक कृष्णगोपाल चौधरीले जानकारी दिए । जिल्लामा जम्मा १३ जना संक्रमित घर जान बाँकी छन् ।
शुक्रवार बिहानसम्म २६ जना महिला र १ सय ७४ जना पुरूष गरि दुई सय जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । हालसम्म २१ महिला र १ सय ६६ पुरूष गरि १ सय ८७ जना घर फर्किसकेका छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post