बाँके साउन २ गते ।
भेरी अस्पताल नेपालगञ्जमा गरिएको स्वाब नमुना परीक्षणमा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
अस्पतालका अनुसार पछिल्लो २४ घण्टामा बर्दिया, दाङ र रोल्पाका थप २८ जनामा संक्रमण पुष्टि भएको हो । बर्दियाका १०, रोल्पाका १३ र दाङका ५ जनामा कोरोना संक्रमण देखिएको छ ।
जसमध्ये ७ महिला र २१ पुरुष रहेका छन् । बर्दियाको राजापुर, गेरुवा, ठाकुरबाबा र मधुबन, दाङको टोसम र दंगीशरण तथा रोल्पाको रोल्पा नगरपालिकाका संक्रमित भेटिएका हुन् ।
Discussion about this post