कञ्चनपुर साउन २ गते ।
कञ्चनपुरमा ठाउँ(ठाउँमा सलहको झुन्ड देखिएको छ । बिहीबारदेखि व्यापक रुपमा विभिन्न नगर र टोलमा सलहको झुन्ड देखिएको हो ।
सलहले बालिनालीमा वितण्डा मच्चाउन थालेपछि कञ्चनपुरका कृषि प्राविधिक र किसानहरु सलह धपाउनमै व्यस्त छन् । कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत रामचन्द्र भट्ट लगायत प्राविधिक र किसान सहित सलह धपाउन खेतबारीमै पुगिरहेका छन् ।
जिल्लाको दक्षिणी क्षेत्र बेलौरी, पुनर्वास नगरपालिका हुँदै सलहको झुण्ड कृष्णपुर र शुक्लाफाँटा, बेदकोट, भिमदत्त नगरपालिकाका केहि बस्तीमा पसेपछि किसानहरु चिन्तित भएका छन् । किसानसहित कृषि ज्ञानकेन्द्र कञ्चनपुरको टोली विगत दुई दिनदेखि बेदकोट, शुक्लाफाटा, कृष्णपुरमा सलह धपाई रहेको स्थानीयले बताएका छन् ।
भने यता, पुनर्वासमा किसान आफैंले खेतवारीमा भाडाकुडा बजाएर सलह धपाइरहेका छन् । यसैगरी बाली संरक्षण प्रयोगशालाका प्राविधिक पनि सलह धपाउन खेतबारीमा पुगेका छन् । किसान सहित सबैले धपाउन साथ दिएकाले अहिलेसम्म क्षति नदेखिएको उनले बताए ।
उता बेदकोटको सुन्दरपुर हुँदै सलहको झुण्ड भीमदत्त नगरपालिका २ को उल्टाखाम पनि पुििग सकेको कृषि ज्ञानकेन्द्र महेन्द्रनगरले जनाएको छ। साथै सबै किसान दाजुभाइ दिदी बहिनीहरुलाई अनिकाल बाट बच्न र सचेत रहन अनुरोध समेत गरिएको छ ।
Discussion about this post