बाँके साउन ३ गते ।
बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन र उनकी छोरी आराध्या अस्पताल भर्ना भएका छन् । कोरोना भाइरसको संक्रमण देखिएका उनीहरुलाई मुम्बईको नानावती अस्पताल लगिएको समाचार संस्था एएनआईले जनाएको छ ।संक्रमण देखिएपछि कुनै स्वास्थ्य समस्या नखिएका उनीहरु घरमै थिए । तर सावधानीका लागि उनीहरुलाई अस्पताल भर्ना गरिएको जानकारी प्राप्त भएको समाचार संस्था पिटिआईले उल्लेख गरेको छ ।ऐश्वर्याका श्रीमान अभिषेक बच्चन र ससुरा अभिताभ बच्चन पनि कोरोना भाइरसको संक्रमण देखिएपछि यसअघि देखिनै नानावती अस्पतालमा छन् ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post