बाँके साउन ३ गते ।
शनिवार जिल्ला प्रहरी कार्यालय बाँकेले रक्तदान कार्यक्रम गरेको छ । सामुदायिक प्रहरी सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त आयोजनामा नेपालगञ्जमा रक्तदान कार्यक्रम गरिएको हो ।
प्रहरीको लागुऔषधविरुद्ध निःशुल्क परामर्श केन्द्रमा गरिएको रक्तदान कार्यक्रममा प्रहरीका ९८ जना र ३ जना सर्वसाधारण गरी जम्मा १ सय १ जनाले रक्तदान गरेका छन् । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर रानाले प्रहरी हरदम जनताको सुरक्षा र सेवामै तल्लिन रहेको बताए ।
उनले प्रहरी जनताको सेवक भएका कारण दुर्घटना, सुत्केरी तथा अन्य कारणबाट हुने बिरामीहरुको जीवन बचाउने उद्देश्यले कोरोना कहरबीचमा रगतको अभाव हुन नदिन प्रहरीले रक्तदान कार्यक्रम गरेको स्पष्ट पारे ।
Discussion about this post