बाँके साउन ३ गते।
पछिल्लो २४ घण्टामा देशभर ५७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभर २७ वटा प्रयोगशालामा तिन हजार ३ सय ३१ को पिसिआर परीक्षणमा उनीहरूमा कोरोना पोजेटिभ देखिएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ५ सय २ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै बाँकेको खजुरामा थप पाँच जना कोरोना संक्रमित थपिएका छन् । भेरी अस्पताल नेपालगञ्जका अनुसार शनिवार खजुराका पाँच जनासहित २० जना कोरोना संक्रमित भेटिएको पुष्टि गरेको छ ।
अस्पतालका अनुसार बाँकेको खजुरा गाउँपालिका वडा नं. ३ का २६, २८, ३५, ३९ र ४५ वर्षीय व्यक्तिहरूमा संक्रमण देखिएको छ । संक्रमण देखिएको ३५ वर्षीया महिला पनि छन् । त्यस्तै बर्दियाको ठाकुरबाबाका १० जना र दाङको गढवाका ५ जनामा समेत संक्रमण पुष्टि भएको छ ।
स्रोतहरु खुलाइएका बाहेक अनलाईन खोजखबरमा प्रकाशित सम्पूर्ण सामग्रीहरू खोजखबर मिडिया हाउस प्रा.लि का सम्पत्ति हुन्। यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।
Discussion about this post