एजेन्सी
काठमाडौं साउन ४ गते ।
विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले कोरोना भाइरसको महामारी थप खराब बन्दै गएको भन्दै बिश्व जगतलाई चेतावनी दिइरहेकै बेला हिजो एकै दिन अहिलेसम्मकै धेरै झण्डै २ लाख ६० हजार मानिस संक्रमित भएका छन् । डब्लुएचओका अनुसार विश्वभर २ लाख ५९ हजार ८ सय ४८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
जुन हालसम्मकै सबैभन्दा बढी हो । संक्रमित मध्ये सबैभन्दा धेरै अमेरिका, ब्राजिल, भारत र दक्षिण अफ्रिकामा देखापरेको डब्ल्युएचओको भनाई छ । अमेरिकामा शनिबार अहिलेसम्मकै धेरै ७१ हजार ४ सउ ८४ जनामा संक्रमण पुष्टि भएको हो ।
यस्तै ब्राजिलमा ४५ हजार ४ सय ३, भारतमा ३४ हजार ८ सय ८४ तथा दक्षिण अफ्रिकामा १३ हजार ३ सय ७३ संक्रमण पुष्टि भएको हो । यसैगरी हिजो एकै दिन ७ हजार ३ सय ६० जना कोरोना भाइरसका कारण मृत्यु भएको छ ।
अमेरिकाको फ्लोरिडा राज्यमा मात्रै एकै दिन ९० जनाको मृत्यु भएको छ ।
Discussion about this post