सिमकोट साउन ४ गते ।
हिमाल पारीको गाउँ लिमीमा हिम पहिरोमा पनि दुई वटा हिम चितुवा मरेका छन् । ओढारमा बसेको बेला माथिबाट आएको हिम पहिरोले छोपेर दुई वटा हिम चितुवामा बच्चा मरेका हुन ।
नाम्खा गाउँपालिकाको वडा नम्बर ६ को हिमालपारीको तील गाउँनजिकको दोम्वाल्यमा माथिबाट आएको पहिरोमा पुरिएर दुई वटा हिम चितुवाका बच्चा मरेको वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी गराएका छन् । ती चितुवा केही अगाडि मरेको र लिमीमा गठन गरिएको वन्यजन्तु संरक्षण समितिले पत्ता लगाएको उनले बताए ।
समितिले हिम पहिरोमा पुरिएर च्यापिएको अवस्थामा फेला पारे पनि छाला हड्डी काम नलाग्ने अवस्थामा रहेको बताए । हिम चितुवा पहिरोमा पुरिएर मरेको खबर आउनेबित्तिकै कर्मचारी लिमी पठाउन लागेपनि समिति र वडाले केही काम नलाग्ने जानकारी गरेपछि कर्मचारी नगएको डिभिजन वन कार्यालय प्रमुख निरज झाले बताए ।
Discussion about this post