चितवन साउन ५ गते ।
नारायणी नदीमा पानीको बहावले खतराको तह पार गरेको छ । नारायणी नदी देवघाट बाढी मापन केन्द्रमा जल सतहले खतराको तह पार गरेको हो । सो क्षेत्रमा ३ः३६ को समयमा पानीको सतह ९.०३ मिटर पुगेको छ ।
पानीको सतह ८ मिटर पार ग¥यो भने खतराको तह मानिन्छ । निरन्तरको वर्षाले नारायणीको बहाव बढेपछि नारायणी नदिकिनारमा राखिएको हात्तीको प्रतिमा अर्थात् मुर्ति समेत बगाएको छ ।
पानीको सतह बढ्दै गएकोले चितवन र नवलपरासीको नारायणी तटीय क्षेत्रका उच्च जोखिममा रहेका बासिन्दालाई सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।
Discussion about this post