काठमाडौं साउन ७ गते ।
बुधबार थप १०० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। देशभर हालसम्म संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ।
बुधबार कोरोना संक्रमणबाट २ जनाको मृत्यु भएको छ । महोत्तरीका ६० वर्षका पुरुष र काठमाडौंको शिक्षण अस्पतालमा एक चिनियाँ महिलाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Discussion about this post