फाइल फोटो
काठमाडौं साउन ८ गते ।
ब्राजिलमा एकैदिन कोरोना भाइरसका ६७ हजारभन्दा बढी नयाँ संक्रमित फेला परेका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ब्राजिलमा ६७ हजार ८६० नयाँ संक्रमित फेला परेका हुन् ।
यो संख्या ब्राजिलको लागि एकैदिन भेटिएका सबैभन्दा धेरै कोरोना संक्रमितको संख्या हो । यससँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २२ लाख २७ हजार ५१४ पुगेको छ ।
त्यस्तै ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८२ हजार ७७१ पुगेको छ । पछिल्लो २४ घण्टामा ब्राजिलमा कोरोना भाइरसको कारण एक हजार २८४ जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म ब्राजिलमा १५ लाख ३२ हजार १३८ संक्रमित निको वा डिस्चार्ज भइसकेका छन् ।
Discussion about this post