पोखरा साउन ९ गते ।
गण्डकी प्रदेशमा थप १० जनामा कोरोना भाइरसका संक्रमण पुष्टि भएको छ । पोखरास्थित क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा कास्की, लमजुङ, बागलुङ र तनहुँका गरी १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीको पोखरा महानगरपालिका ३ जना पुरुष र अन्नपूर्ण गाउँपालिका एक महिला र एक पुरुष रहेका छन् । लमजुङको कोल्हसोथारर, बेशीसहर र मध्यनेपालका एकरएकजना पुरुष रहेका छन् भने तनहुँको शुक्लागण्डकी र बागलुङको तमानखोलाका एकरएक पुरुष रहेका छन्।
यससँगै गण्डकीमा कोरोना संक्रमितको संख्या १३६० पुगेको छ ।
Discussion about this post