रुपन्देही साउन १० गते ।
रुपन्देहीमा सर्पले टोकेर एक बालिकाको मृत्यु भएको छ । रुपन्देहीको मर्चवारी–५ वडबलीयाकी ५ वर्षीया तवरेज मुसलमानलाई सर्पले डस्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
घरमा खेलिरहेको बेलामा दाहिने हातमा सर्पले डसेपछि उपचारको लागि भैरहवास्थित भीम अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको हो । बर्षायामको बेला सर्पको बिगबिगी बढ्ने हुनाले सर्पको टोकाइबाट बच्नको लागि सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यलय रुपन्देहिले अपिल समेत गरेको छ।
Discussion about this post