काठमाडौं साउन १३ गते ।
नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी हुन अस्वीकार गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहालको अध्यक्षतामा भएको नेकपा स्थायी समिति बैठक अनौपचारिक छलफलमै सकिएको छ।
केही समयका लागि मात्र चलेको बैठकलाई अध्यक्ष दाहालले स्थायी समिति बैठकभन्दा पनि नेकपाका बहुमत स्थायी समिति सदस्यहरुको अनौपचारिक छलफलमात्र रहेको बताएका थिए। बैठकमा दाहाल र नेपाल पक्षका २५ भन्दा बढी स्थायी समिति सदस्य सहभागी थिए।
प्रधानमन्त्री ओलीलाई बालुवाटारमै भेटेर फर्केपछि अध्यक्ष दाहालले बैठकको अनौपचारिक सुरुवात गरेका थिए। बैठकका क्रममा उनले आफूले प्रधानमन्त्री ओलीलाई भेटेको उल्लेख गर्दै पार्टीभित्र संकट रहेको र सबै जना समाधानमा लागिरहेको बताए।
उनले स्थायी समिति सदस्यहरुलाई उत्तेजित नहुन आग्रह गरेका थिए। बैठकमा उनले भने, ‘हामी उत्तेजित नहोऔँ, पार्टी फुटेर कसैलाई फाइदा गर्दैन।
Discussion about this post