फाइल फोटो
दाङ साउन १४ गते ।
दाङमा पहिरोले घर पुरिँदा दुईजनाको ज्यान मृत्यु भएको छ।अविरल वर्षाका कारण बंगलाचुली गाउँपालिका–५ साकिने निवासी देवीराम नेपालीको घरमाथिबाट पहिरो आउँदा उनकी २६ वर्षकी श्रीमती बाटुली नेपाली र दुई वर्षकी छोरी आयुष्मा नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
सुतिरहेको बेला एक्कासी बिहान ३ बजे घरमाथिको कान्ला भत्केर घर पुरिँदा उनीहरुको मृत्यु भएको हो । पहिरोले घरको आधा भाग भत्किएको प्रहरीले जनाएको छ ।
Discussion about this post