काठमाडौं साउन १४ गते ।
कोभीड़ १९ कोरोना रोकथाम को अवधि भित्र रुकुम रूपेन्देही धनुषा लगायत जिल्ला हरुमा भएको दलित हरूको हत्याले कानूनी राज्य को उपहास भएको रिज़वान अंसारिले भनेका छन ।
नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष रिजवान अंसारिले प्रेस विज्ञप्ति जारी गर्दै राजू सदा, शम्भू सदा, त्रिभुवन राम , रोशन राम, नवराज विक, सन्दीप विक, लोकेन्द्र सुनार,टीकाराम नेपाली, गणेश बूढ़ा मगर , गोबिन्द शाही र अंगिरा पासीको हत्या लाई मानवतालाई कलंकित बनाएको ठहर गरेका छन ।
साथै हत्यारा र पीड़कहरुलाई कड़ा भन्दा कड़ा सजायको मांग गर्दै क्षतिपूर्ति सहित न्यायको अनुभूतिको मांग गरेका छन ।
Discussion about this post