बाँके साउन १४ गते ।
कोरोना भाइरस रोकथाम, न्यूनिकरण र सचेतनाका लागि बाँके प्रहरीले बुधवार सडकमा मास्क वितरण गरेको छ ।कोरोनाको जोखिम बढिरहेकाले प्रहरीले मास्क वितरण गर्दै सामाजिक दुरी कायम गर्न र सेनिटाइनजरको प्रयोग गर्न आग्रह सहित धम्वोजीदेखी मास्क वितरण गरेको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापामगर, प्रहरी प्रमुख एसपी ओमबहादुर राना, सशस्त्रका एसपी दीपक अधिकारीको उपस्थितिमा प्रहरीले सडकमा मास्क नलगाई हिडेकालाई मास्क दिएको हो ।बाँके प्रहरीले केही दिन यसरी जनचेतना बढाउने र त्यसपछि कारबाहीको चरण अघि बढाउने रणनीति बनाएको एसपी रानाले बताउनुभयो ।
नेपालगञ्ज बजारमा मास्क नलगाई हिड्नेहरु बढ्दै गर्दा जोखिम बढाएको छ । पछिल्लो समय दैनिकरुपमा बाँकेमा कोरोना संक्रमित देखिदै जाँदा जोखिम बढेको अधिकारीहरुको निष्कर्ष छ ।
Discussion about this post