विरगञ्ज साउन १५ गते ।
पर्सा र बारामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान थिए ।
११ जना अस्पतालको क्वार्टरमा बस्दै आएका र ४ जना अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीमा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालको पीसीआर ल्याब स्रोतले जनाएको छ ।
Discussion about this post