बाँके साउन १६ गते ।
कोरोना संक्रमण पुष्टि भएर वीरगञ्जको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा उपचाररत महिलाले बच्चा जन्माएकी छन।
वीरगञ्ज महानगरपालिका वडा नम्बर १ छपकैया निवासी ३१ वर्षकी कोरोना संक्रमित महिलाले अस्पतालमै बच्चा जन्माएको कोभिड अस्पताल गण्डकका डाक्टर उदय नारायण सिंहले जानकारी दिनुभयो ।
ती महिलाले छोरीलाई जन्म दिएकी हुन् । आमा र बच्चा दुवैजनाको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको डाक्टर सिंहले बताउनुभयो ।
Discussion about this post