फाइल फोटो
बाँके साउन १८ गते ।
भारत उत्तर प्रदेशकी मन्त्री कमला रानी वरुणको कोभिड–१९ का कारण मृत्यु भएको छ। गएको जुलाई १८ मा कोरोना भाइरसको संक्रमण पुष्टि भएकी उनको आइतबार बिहान निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।उनको उपचारको क्रममा लखनउस्थित अस्पतालमै निधन भएको हो ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मन्त्री कमला रानीको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् ।कमला रानी उत्तर प्रदेश सरकारमा प्राविधिक शिक्षा मन्त्री थिइन् । सन् २०१७ मा भाजपाले उनलाई कानपुरको घाटमपुर क्षेत्रबाट उम्मेदवार बनाएको थियो । सो क्षेत्रबाट विजयी हुने भाजपाकी उनी पहिलो विधायक थिइन् ।
गएको वर्ष उनलाई मन्त्री बनाइएको थियो ।
Discussion about this post