बाँके साउन १९ गते ।
सोमबार नेपालगन्ज उपमहानगरपालिकाका एक वडाअध्यक्ष, दुई वडा सचिब र पाँच जना कार्यालयका कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि नेपालगञ्ज उपमहानगरपालिका कार्यालयलाई ‘अनिश्चितकालका लागि सिल’ गरिएको छ ।
भेरी अस्पतालबाट २०७७ साउन १९ गते प्राप्त नतिजा अनुसार उपमहानगरपालिकाका धेरै जना कर्मचारीमा एकै चोटि कोरोना संक्रमण देखिएपछि अर्को सुचना ननिस्किदा सम्मको लागि कार्यालयलाई अनिश्चितकालीन ‘सिल’ गरिएको प्रमुख प्रशासकीय अधिकृतले सुचना मार्फत जानकारी गराएका छन् ।
Discussion about this post