बाँके साउन २० गते ।
बाँकेको ईलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ । प्रहरी कार्यालयमा रहेका एक जना थुनुवामा कोरोना पोजेटिभ देखिएपछि ईलाका प्रहरी कार्यालय कोहलुर सिल गरिएको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख कुलदिप चन्दले जानकारी दिए ।कोरोना देखिए पनि ईलाका प्रहरी कार्यालय कोहलपुरमा कार्यरत प्रहरीलाई पुर्ण रुपमा जनसम्पर्कबाट आउट गरिएको चन्दले जानकारी दिए ।
उनले भैपरि आउने कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाईट टोलि परिचालन गरिएको जानकारी दिए ।उनले ईलाका प्रहरी कार्यलय भित्र जाने र बाहीर आउने पुर्ण रुपमा बन्द गरिएको बताए। सम्पुर्ण प्रहरी र थुनुवाहरुको पिसिआर जाँच भई रहेको चन्दले जानकारी दिए ।
Discussion about this post