बाँके साउन २० गते ।
नेपालगन्जको वडा प्रहरी कार्यालय पनि सील गरिएको छ । वडा प्रहरी कार्यालय नेपालगन्जका ६ जना प्रहरीमा संक्रमण पुष्टि भएपछि वडा कार्यालय सील गरिएको हो ।
इलाका प्रहरी कार्यालय कोहलपुरमा रहेका एक थुनुवामा कोरोना संक्रमण पुष्टि भएपछि उक्त कार्यालय विहानैदेखि सील गरिएको छ ।
वडा प्रहरी कार्यालयका ७ जनाको कोरोना जाँच गर्दा ६ जनामा संक्रमण पुष्टि भएपछि मंगलबार साँझदेखि कार्यालय सील गरिएको हो भने कोहलपुर प्रहरी चौकी मंगलबार बिहानदेखि नै सील गरिएको छ ।
Discussion about this post