बाँके साउन २१ गते ।
बाँकेमा थप तीन जनाले कोरोना भाइरस संक्रमण जितेर बुधवार डिस्चार्ज भएका छन् । नेपालगन्ज उपमहानगरपालिका-१८ का २६ बर्षिया महिला र राप्तीसोनारी गाउँपालिका-८ की ३६ बर्षीया महिला र अर्का राप्तीसोनारी-२ का २० बर्षीय पुरुष छन् ।
दुई महिला सुशील कोइराला कोइराला क्यान्सर अस्पताल खजुराबाट र पुरुष भने आर्दशनगर आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।
बाँकेमा कुल संक्रमितको संख्या ४ सय ७० पुग्दा निको भएर घर फर्किनेको संख्या ३ सय ९४ पुगेको छ । अहिले बाँकेका ७४ जना विभिन्न आइसोलेसनमा छन् । बर्दिया, दैलेख, जुम्ला र प्युठानका ४ जना विरामी पनि आइसोलेसनमा छन् ।
Discussion about this post