बाँके साउन २१ गते ।
बाँकेका विभिन्न स्थानमा गरिएको ‘र्यान्डम स्याम्पलिङ’मा ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । विभिन्न ठाउँको प्रतिनिधित्व हुने गरी करिव २० ठाउँबाट तीन हजार तीन सय ३८ जनाको नमुना लिइएकोमा त्यसको परीक्षण ८१ जनामा भाइरस संक्रमण देखिएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, ‘र्यान्डम स्याम्पलिङ’मा दुई हजार दुई सय जनाको र उनीहरुको सम्पर्कमा रहेका एक हजार एक सय ३६ जनाको स्याम्पल लिइएको थियो ।
‘र्यान्डम स्याम्पलिङ’मा ३४ जना र उनीहरुको सम्पर्कमा आएका व्यक्तिलाई परीक्षण गर्दा ४७ जनामा कोरोना भाइरस संक्रमण देखिएको श्रेष्ठले जानकारी दिनुभयो ।
‘र्यान्डम स्याम्पलिङ’बाट संक्रमित पुष्टि भएका भन्दा पनि संक्रमितको सम्पर्कमा रहेका व्यक्तिहरुमा भाइरस संक्रमण बढी देखिएकाले समुदायस्तरमा फैलिएको आंशका गर्ने ठाउँ प्रशस्त देखिएको श्रेष्ठले बताउनुभयो ।
Discussion about this post