बाँके साउन २२ गते ।
बाँकेको अग्रभागमा खटेर काम गर्दै आएका सुरक्षा निकायको व्यक्तिगत सुरक्षाको लागि लायन्स क्लव अफ नेपालगञ्जले १० हजार थान सर्जिकल मास्क र १० लिटर सेनिटाईजर हस्तान्तरण गरेको छ । लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर शाक्यले लायन्सले कोबिडको संक्रमणबाट जोगिनको लागि विभिन्न समयमा विभिन्न सहयोग गर्दै आएको बताउदै महामारीको बेलामा आफुहरु सदैब सहयोग गर्न तयार रहेको बताए ।
जिल्ला कोबिड व्यवस्थापना समिति बाँकेका संयोजक तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गलाई सो सामाग्री लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ बि–२ का पूर्व डिस्टिक गर्भनर सेम शाक्य, मधुसुदन शर्मा रिजालले एक कार्यक्रमका बीचमा हस्तान्त्रण गरेका हुन ।
लायन्सका पूर्व डिस्टिक गर्भर मधुसुदन शर्मा रिजालले लायन्स क्लवको पहलमा कोरोना परिक्षणको दायरा बढाउनको लागि पश्चिम क्षेत्रमा ९ हजार थान भिटिएम उपलब्ध गराई सम्बन्धित जिल्लाका स्थानीय तहलाई हस्तान्त्रण गरिएको बताए । उनले यो बाहेक अन्य सहयोग गर्दै आएको र आगामि दिनमा पनि आफुहरु सहयोग गर्न तयार रहेको बताए ।
Discussion about this post