खोजखबर संवाददाता
बाँके भदौ १४ गते । कोहलपुरमा रहेको ज्ञानोदय सामुदायिक पुस्तकालय तथा श्रोत केन्द्रको साधारण सभा लगाएतको राष्ट्रिय पुस्तकालय दिवस सहितको कार्यक्रम उद्घाटन शहरी विकास मन्त्री मोमम्मद इस्तीयाक राईबाट हुने भएको छ ।
नेपाल सरकारको राष्ट्रिय पर्व १२ औं राष्ट्रिय पुस्तकालय दिवस तथा ज्ञानोदयको १८ औं वार्षिक साधारण सभा सहितको भव्य कार्यक्रम मन्त्री रायबाट उद्घाटन हुने कार्यक्रम तय भएको पुस्तकालयका अध्यक्ष चेतकान्त भट्टराईले जानकारी दिएका छन् ।
कार्यक्रमका लागि सबै तयारी पुरा गरिसकेको र मन्त्री रायको समय अनुकुल हुने गरी भोली आइतवार ११ बजेबाट कार्यक्रम शुरु हुने बताइएको छ । भदौ १५ लाई पुस्तकालय दिवसको रुपमा नेपाल सरकारले मनाउने निर्णय गरेयता ज्ञानोदयले सोही दिन वार्षिक साधारण सभा र पुस्तकालय दिवस विशेष कार्यक्रम अन्र्तगत विविध कार्यक्रमहरु आयोजना दिवस मनाउँदै आएको छ ।
Discussion about this post