बाँके साउन २३ गते ।
भारतका लोकप्रिय टीभी अभिनेता समीर शर्मा मुम्बईस्थित घरमा मृत भेटिएका छन्। बुधबार राति उनको फ्लाटमा शव भेटिएको प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। भान्सा कोठामा झुन्डिएको अवस्थामा उनको शव भेटिएको थियो। उनले आत्महत्या गरेको प्रहरीको आशंका छ। दुई दिनअघि नै उनले आत्महत्या गरेको आशंका गरिएको छ।
सुसाइड नोट भने नभेटिएको मलाड पुलिस स्टेशनका सिनियर इन्सपेक्टर जर्ज फर्नान्डिजले बताएका छन्। फर्नान्डिजले बीबीसी हिन्दीसँग भने, “आत्महत्याको घटना भन्ने हाम्रो आशंका छ। उनले दुई दिनअघि आफैंलाई फाँसी लगाएको अनुमान गरिएको छ। शवलाई हामीले पोस्टमार्टमका लागि पठाएका छौं।“ ४४ वर्षीय समीरले ’क्योंकि सास भी कभी बहू थी’, ’कहानी घर(घर की’ र ’ये रिश्ते हे प्यार के’ जस्ता टीभी सिरियलमा काम गरेका थिए।
प्रहरी अधिकारीका अनुसार, उनी गत फेब्रुअरी महीनादेखि आफ्नो फ्लाटमा एक्लै बसिरहेका थिए। प्रारम्भिक जानकारीका अनुसार, ’एक्सिडेन्टल डेथ रिपोर्ट’ (एडीआर) दर्ता गरेर प्रहरीले अनुसन्धान अगाडि बढाएको छ। यो घटनामा प्रहरीले आर्थिक कोणबाट पनि अनुसन्धान गरिरहेको छ।
मुम्बई प्रहरी पछिल्लो समय बलिउड अभिनेता सुशान्त सिंह राजपूको मृत्युको घटनाबारे पनि अनुसन्धान गरिरहेको छ। सुशान्त मुम्बईको बान्द्रास्थित आफ्नो अपार्टमेन्टमा झुन्डिएको अवस्थामा मृत भेटिएका थिए। दिल्ली घर भएका समीर सन् २००३ मा मुम्बई आएर अभिनयको करिअरमा केन्द्रित भएका थिए।
उनले सन् २००४ मा स्टार वान च्यानलको सिरियल ’दिल क्या चाहता हे’ बाट सानो पर्दामा यात्रा शुरु गरेका थिए। उक्त सिरियलमा गरेको काम रुचाइएपछि उनले एकता कपूरको चर्चित सिरियल ’कहानी घर(घर की’ मा काम गर्ने मौका पाएका थिए। त्यसपछि उनको अभिनय करिअर चम्किएको थियो।
Discussion about this post