बाँके साउन २५ गते ।
२६ औ विश्व आदिबासी दिवसको अवसरमा फेसबुक मार्फत पुर्व शहरी बिकास मन्त्री तथा क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद मोहमद इस्तियाक राईले शुभकामना व्यक्त गर्नुभएको छ ।
सांसद राइले संविधान र प्रचलित कानून अनुसार आदिवासी जनजातिको सामाजिक, आर्थिक, सांस्कृतिक, भाषिक, कला, साहित्य एवं सीप आदिको उत्थान र विकास गरी उनीहरुलाई राष्ट्रिय जीवनको विभिन्न पक्षमा पहुँच र प्रतिनिधित्वको सुनिश्चितासँगै आर्थिक समानतासहितको समतामूलक समाज निर्माण गर्न आदिबासी हरुको उल्लेखित योगदान रहेको बताउनुभयो ।
उहाँले अघिल्ला बर्षहरुमा विभिन्न कार्यक्रम मार्फत शुभकामना व्यक्त गर्दै आएको र यश बर्ष बिश्वब्यापी रुपमा आक्रान्त पारेको कोरोना भाइरस (कोभीड-१९) का कारण आफुले फेसबुक बाटै शुभकामना व्यक्त गर्नु परेको अन्लाईन खोजखबरलाई जानकारी दिनुभयो ।
Discussion about this post